काठमाडौं । आइतबार धितोपत्र बजारमा सेयर मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का अनुसार परिसूचक २.१६ अंकले बढेर १,९६३.२२ को विन्दुमा बन्द भएको हो ।
त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.१७ अंकले बढेर ३८४.८३ को विन्दुमा बन्द भएको छ ।
दिनभरीमा २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर १ अर्ब ५६ करोड १७ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । नेप्से परिसूचक झिनो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबारको दिन अर्थात् बिहीबार १ अर्ब ३२ करोड २९ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।
यसदिन कारोबारमा आएको ९७ कम्पनीको सेयर मूल्य बढेको छ । ८९ कम्पनीको घटेको छ । भने, १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । आरेन्टल होटलको ६.५७, खप्तड लघुवित्तको ६.०७, युनाईटेड इन्स्योरेन्सको, ५.७२ प्रतिशत र एनएलजी इन्स्योरेन्स कम्पनीको ५.१५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यता, नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताहरुले सेयर मूल्य सबैभन्दा बढी ६.११ प्रतिशतले गुमाएका छन् ।
कारोबार रकमको आधारमा नबील बैंक शीर्ष स्थानमा छ । बैंकको १९ करोड ८० लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरी, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ७७ लाख १५ हजार, फस्ट माइक्रो फाइनान्स लघुवित्तको ७ करोड ११ लाख १८ हजार हिमालयन डिस्टिलरीको ६ करोड ७० लाख २९ हजार र शिवम् सिमेन्टको ४ करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्