Skip to content
Shikhar Insurance
National Life

लघुवित्त कम्पनीहरुले जति पनि लाभांश बाढ्न पाउने, यस्तो छ व्यवस्था

Hyundai
NCELL
NIMB

काठमाडौं । लघुवित्त कम्पनीहरुले आफ्नो क्षमता अनुसारको लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत अघि सारेको व्यवस्था अनुसारको परिपत्र जारी गर्दै लघुवित्त कम्पनीहरुले क्षमता अनुसारको लाभांश वितरण गर्न पाउने सुबिधा दिएको हो ।

यस अघि लघुवित्त कम्पनीहरुले ३० प्रतिशत भन्दा बढी नगद लाभांश दिन नपाउने व्यवस्था थियो । त्यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको २०७८ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नपाउने व्यवस्था थियो । अब भने कम्पनीहरुले जति पनि लाभांश दिन सक्नेछन् र त्यस्तो लाभांश नगद वा बोनस सेयर दुबै हुन सक्नेछ ।

राष्ट्र बैंकले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्दा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गरेपछि जति पनि लाभांश बाढ्न खुला गरिदिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्