Shikhar Insurance
National Life

सेञ्चुरी कमर्सियल बैंकद्वारा ५ प्रतिशत लाभांस घोषणा, बाेनश र नगद कति?

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार २१:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको बुधबार बसेको ३७२औं संचालक समितिको बैठकले गत आवको सञ्चित मुनताफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत असार मसान्तसम्म कायम चुक्ता पुँजी चुक्ता ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १५८ रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने रकम द्धछ करोड ३८ लाख १० हजार ६४६ रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५% ले हुन आउने रकम २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको हो । बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाबाट पारित भएर सेयरधनीमा वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबिच मिति २०७९/०४/१५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रनै एकिकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्