Skip to content
Shikhar Insurance
National Life

सुपरमाई हाइड्रोपावरको ५ लाख कित्ता आईपीओ आउदैँ, वैदेशिक रोजगारमा जानेका लागि कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । सुपरमाई हाइड्रोपावरले आअईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने सेयरमध्ये ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सो क्षेत्रबाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

लगानीकर्ताहरुले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको सेयरमा सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्