Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने आधा अर्बले घट्यो

सिंहदरबार संवाददाता
२०७९ मंसिर १३, मंगलवार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकको सुधार देखिएको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) २.९९ अंकले बढेर १,९५३.३५ को विन्दुमा पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.०८ अंकले बढेर ३८२.६९ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २३४ कम्पनीको २५ लाख ८९ हवार ९९७ कित्ता सेयर ९५ करोड ७० लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको छ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने आधा अर्ब बढीले घटेको छ । अघिल्लो दिन १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार रुपैयाँमा बराबरको सेयर खरिदबिक्री भएको थियो ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ६.१० प्रतिशतले बढेको छ । एनसीसी बैंकको ५.०५ र एनआईसी एशीया सेलेक्ट फण्ड ३० को मूल्य ४.१८ प्रतिशतले बढेको छ । भने, एनआईसी एशीया ब्यालेन्स फण्डको मूल्य सबैभन्दा बढी ४.६० प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, नबील बैंकको ४ करोड ३१ लाख ६१ हजार, शिवम् सिमेन्टको ४ करोड २२ लाख ४ हजार, नेष्डो समृद्ध लघुवित्तको ३ करोड १८ लाख ५९ हजार र एनसीसी बैकको २ करोड ५२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

मंगलबार १३ उपसमूहको परिसूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १।२१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०।७९ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्