Shikhar Insurance
National Life

टाटाका विद्युतीय गाडी किन्नेलाई एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने

सिंहदरबार संवाददाता
२०७९ मंसिर १३, मंगलवार १६:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था गरिदिने भएको छ । ग्राहकलाई कर्जा व्यवस्था गरिदिने विषयमा कम्पनीले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट सात वर्षसम्म १२.८ प्रतिशत ब्याजदरमा सहज र किफायती कर्जा सुविधा पाउने जनाइएको छ । सवारीसाधनको कुल लागतको ८० प्रतिशतसम्म कर्जा बैंकले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम प्रदान गर्ने उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालम विद्युतीय गाडीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले नेक्सन इभी र टिगोर इभी बिक्री गरिरहेको जनाइएको छ । नेक्सन इभी एसयुभी र टिगोर इभी सेडान रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्