Skip to content
Shikhar Insurance
National Life

बाराही हाइड्रोपावरले ५ लाख ५४ हजार कित्ताआईपीओ निष्काशन गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले यस अघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीका अनुसार निष्काशन गरेको सो सेयर मध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ। भने, बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि निष्काशन गरी ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कुल ५ लाख ५४ हजार कित्ता सेयर मध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि, २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याई बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि सर्वसाधारणलेआवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ। कम्पनीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्