काठमाडौं । कुमारी बैंकसँग मर्जरमा जान लागेको एनसीसी बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को मंसिर १२ गते सोमबारको निर्णयले बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा १३ (१) बमोजिम गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेको उक्त संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकका सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो ।
कुमारीसँग मर्जर हुने भएपछि असोज ११ गतेदेखि एनसीसी बैंकको सेयर कारोबार रोक्का भएको थियो ।
एनसीसी र कुमारी बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका छन् । दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ।
प्रतिक्रिया दिनुहोस्