काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्