Shikhar Insurance
National Life

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै, झोलुङ्गे पुलबाट बन्जीजम्प गर्न पर्यटक उत्साहित

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार १२:११
Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताए । उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् ।

विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाए । द्रुतगतिमा बग्ने भोटेकोसी नदीको १ सय ६० मिटरको झोलुङ्गे पुलबाट हामफाल्दा आफू उत्साहित भएको भारतीय पर्यटक धर्मेन्द्र चतुर्वेदी बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाइकिङ र र्याफ्टिङका लागि पनि उत्कृष्ट यो ठाउँबाट दैनिक सरदर ३० जनासम्म पर्यटकले जम्प गर्ने गरेका छन् । पर्यटकको सङ्ख्यामा सुधार आएसँगै होटल तथा रिसोर्टहरू पनि पुरानै लयमा फर्कन थालेको होटल व्यवसायीहरू बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्