Skip to content
Shikhar Insurance
National Life

जनतासँग गरेका वाचा पुरा गर्छु– उपाध्यक्ष पौडेल

Hyundai
NCELL
NIMB

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएसँगै राससलाई दिएको प्रतिक्रियामा उनले भने, “रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु ।”

उनले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोहीबमोजिम नै काम अघि बढाउने पनि बताए ।

उनले आफू अर्थमन्त्री भएका बेला विविध आयोजनाहरुसहित रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेको पनि उल्लेख गरे।

“हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ”, उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्