Skip to content
Shikhar Insurance
National Life

हिमालयन डिष्टिलरीको लगानीकर्तालाई ७० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं। हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षका मुनाफबाट सेयरधनीहरुलाई कुल ७० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट सो घोषणा गरेको हो।

कम्पनीले वितरण गरेको उक्त लाभांश मध्ये लगानीकर्तालाइ चुक्ता पुँजीको ६० प्रतिशत बोनस सेयर (१० कित्ता बराबर ६ कित्ता) र १० प्रतिशत(करसहित)नगद लाभांश गरि कुल ७० प्रतिशत लाभांश वितरण गर्ने लागेको हो ।

उक्त लाभांश आगामी २२ औं साधारण सभाबाट अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्नेछ। २२औं साधारणसभा पुस २७ गते डाकेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार एक लिनको लागि बुक क्लोज मिति तोकेको छ। सोहि अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी मात्र लाभांश पाउनेछन् ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष अर्थात २०७७र२०७८ मा कम्पनीले लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश गरि कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्