Skip to content
Shikhar Insurance
National Life

एनसीसी बैंकसँग मर्जरको क्रममा रहेको कुमारी बैंकको सेयर कारोबार फुकुवा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकको सेयर कारोबार करिब दुई महिनापछि फुकुवा भएको छ । एनसीसी बैंकसँग मर्जरको क्रममा रहेको बैंकको सेयर कारोबार आज (मंसिर ८ गते)बाट फुकुवा भएको हो ।

बैंकको सेयर कारोबार असोज ११ गतेदेखि बन्द भएको थियो । असोज १० गते एनसीसी बैंकसँग मर्जरमा जाने सम्झौता भएसँगै ११ गतेबाट कारोबार रोक्का भएको थियो । एनसीसी र कुमारी बैंक १ः१ अनुपातमा मर्ज हुने सम्झौता भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको सेयर कारोबार बिहीबारको निर्णय अनुसार फुकुवा भएको हो । नेप्सेका अनुसार धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका(२०७९ को दफा १३(१) बमोजिम गाभ्ने(गाभिने तथा प्राप्ति सम्बन्धी प्रकृयामा रही सेयर कारोबार रोक्का रहेको उक्त संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार आजको निर्णय अनुसार फुकुवा गरिएको हो ।

मर्जरपछि यी बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । मर्जपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्