Skip to content
Shikhar Insurance
National Life

सरकारसँग शेखर गोल्छाको प्रश्नः कर तिरौं, तिरौं लाग्ने वातावरण कहिले बन्छ ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर करले होईन रहरले तिर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । बुधबार आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०७९ को कार्यक्रममा बोल्दै उनले नागरिकलाई कर तिरौं, तिरौं लाग्ने वातावरण तयार हुनुपर्ने बताएका हुन् ।

उनले कसरी करको दायरा बढाउन सकिन्छ ? कर रहरले तिर्ने वातावरण कसरी बनाउर्नुपर्छ ? भन्ने तर्फ सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पनि बताए । महासंघ अध्यक्ष गोल्छाले करको अस्वभाविक लक्ष्य निर्धारण गर्न नहुने विचार व्यक्त गरे ।

उनले भने–‘आन्तरिक राजस्व विभागले गरेको १० वटा यस्तो निर्णयहरु छन्, जुन गलत छन् । यदि त्यसमा सहि निर्णय गरेका छन् भने, हामी त्यसलाई स्वीकार्छाैं, होइन भने त्यसलाई सुधार गर्नका लागि अगाडी बढ्नुपर्छ ।’ उनले राजस्वको लक्ष्य पुरा गर्न आन्तरिक राजस्व विभागले गलत निर्णय गर्न नहुने बताए ।

उनले प्रश्न गर्दै भने–‘हामीलाई राजस्व न्यायाधिकरण किन चाहीयो ? किनकि जब शतप्रतिशत निर्णयहरु जुन राजस्व न्यायाधिकरणमा हुन्छ, अन्तरिक राजस्व विभाग हारेका हुन्छ, त्यो सबै शतप्रतिशत निर्णयहरु सर्वाेच्चमा पुग्ने गरेको छ ।’
उनले आफुहरु रहरले कर तिर्ने वातावरणको अपेक्षामा बसेको पनि बताए ।

उद्योगी व्यवसायीले कर तिर्न चाहे पनि व्यवसायीहरु भने उल्टै निरुत्साहित भैरहेको दावी पनि गरे । उनले आर्थिक अवस्था निकै गम्भिर रहेको पनि बताए । ‘स्थिति निकै गम्भिर भइसकेको छ । यति गम्भिर भइसकेको छ कि अब राज्य संचालनका लागि जुन राजस्व चाहिन्छ त्यो पनि प्राप्त गर्न पनि कठिन भइसकेको छ ।’, गोल्छाले भने ।

उनले नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय, निजी क्षेत्र र अन्य सरोकारवलाहरु बसेर फोकस रुपमा अघि बढ्न नसके झनै भयावह अवस्था आउन सक्ने तर्फ सचेत पनि गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्