काठमाण्डौं । प्रभू क्यापिटलले पनि खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । ‘प्रभू सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ नामको खुल्लामुखी सामूहिक लगानी कोषको योजना निष्काशनको अनुमति माग्दै प्रभू क्यापिटलले नेपाल धितोपत्र बोर्ड (सेबन)मा कात्र्तिक ३० गते आवेदन दिएको हो ।
यो स्किमअन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई बिक्रीको योजना कम्पनीले बनाएको छ ।
प्रभू क्यापिटलले प्रस्ताव गरेको यो पहिलो खुल्लामुखी म्युचुअल फण्ड हो ।
खुल्लामुखी फण्डको परिपक्व अवधि तोकिएको हुँदैन । यस्ता स्किमका इकाई बन्दमुखी फण्डको जस्तो नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुँदैनन् ।
फण्ड म्यानेजरमार्फत नै यस्ता फण्डका इकाई खरीदबिक्री हुने गरेका छन् ।
यो खुल्लामुखी स्किमको प्रबन्धक प्रभू क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्