काठमाडौं । सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश घोषणा गरेको सानिमा बैंकले बुक क्लोजको मिति तय गरेको छ ।
बैकको सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले १८ औं बार्षिक साधारणसभाका लागि मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैंकले पुस ३ गतेका लागि १८ औं बार्षिक साधाणसभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।
यसअनुसार मंसिर १८ गतेसम्म नेप्सेमा कायम रहेको सेयरधनीले मात्र सभामा माग लिन पाउनेछन् । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८र०७९ को नाफाबाट बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्