Shikhar Insurance
National Life

प्रधानमन्त्री,अर्थमन्त्री लगायत विभिन्न दलका शिर्ष नेताहरुले यी मतदान केन्द्रमा खसाले भोट

सिंहदरबार संवाददाता
२०७९ मंसिर ४, आईतवार १३:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले मतदान गरिरहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो । प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न दलका उच्च पदस्थ व्यक्तिहरुले मतदान गरिसकेका छन् ।

यसैक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउपालिका १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चितवन जिल्लाबाट मतदान गरेका छन् । बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार छन ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आर्दश मावि क मतदान गरे । सोही पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ–१ को वामरुपकस्थित तारा मावि रोल्पामा आज बिहान ७ः३० मा मतदान गरे।

सोही पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ स्थित बागेश्वर आधारभूत विद्यालयमा मतदान गरेका छन् । सोही पार्टीका उपमहासचिव वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रमा मतदान गरे । उनी रोल्पाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुन् ।

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नं १ को राप्ती–५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरे। उनी चितवन क्षेत्र नं १ मा एमालेका तर्फबाट उम्मेदवार छन् । सोही पार्टीका सचिव योगेश भट्टराईले मैवाखोला गाँउपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा पहिलो मतदान गरे । उनी ताप्लेजुङमा एमालेका उम्मेदवार छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । सोही पार्टीका सचिव रामकुमारी झाक्रीले गुल्मीको मदाने गाँउपालिका–४ म्यालपोखरीको मेहलपोखरी मावि मतदान केन्द्रमा ले मतदान गरिन् ।

वाम लोकतान्त्रिक गठबन्धनको समर्थन रहेको स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले आज बिहान तिलोत्तमा नगरपालिका–९ को गौतमबुद्ध आधारभूत विद्यालयमा मतदान गर् । उनी रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार छन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गरे । उनी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार छन् ।

यसैगरी कांग्रेसका नेता एवं क्षेत्र १का उम्मेदवार प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल मतदान केन्द्रबाट मतदान गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरिसकेका छन् ।

मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गरे। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले विहान ८ बजे इलाम नगरपालिका(७ स्थित मरब क्याम्पस मतदान केन्द्रमा मतदान गरेका हुन् ।

त्यसैगरी नेम्वाङका प्रतिस्पर्धी समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले पनि सोही मतदान केन्द्रमा मतदान गरेका छन्। खड्का पाँच दलीय गठबन्धनतर्फबाट उम्मेदवार छन् । हो ।

यसैगरी मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट, एमालेका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर–५ कोचाखालस्थित श्री आधारभूत विद्यालयबाट र मोरङ क्षेत्र नं ४ ‘ख’बाट प्रदेशसभाका उम्मेदवार जीवन घिमिरेले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । नेता सिटौलाले बिहान ७ः२० बजे भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान गरेका हुन् ।

त्यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका छन् । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार उनले बिहान ९ः०७ बजे मतदान गरेका हुन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गरेका छन् । झापा क्षेत्र नं ३ का उम्मेदवार लिङ्देनले साइत हेरेर ११ः३० बजे मतदान गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्