Skip to content
Shikhar Insurance
National Life

कालिन्चोक दर्शनले पायो बोर्डबाट ६० लाख कित्ता आईपीओ निष्काशन अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं। कालिन्चोक दर्शन कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबन)बाट स्वीकृति पाएको छ । कम्पनीलाई धितोपत्र बोर्डले कात्र्तिक २३ गते आइपीओ निष्काशनको लागि स्वीकृति दिएको हो ।

कम्पनीले गत वर्ष चैत्र १५ गते आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो । करिब साढे एक वर्ष पछि बोर्डले कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीका अनुसार चुक्ता पुँजीको २० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशनका लागि स्वीकृति दिएको हो।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्