Skip to content
Shikhar Insurance
National Life

१६.५१ प्रतिशत लाभांश प्रस्तावसहित स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

बैंकले प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा डाकेको छ। बैंकले मंसिर २५ गते ३६ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले १६.५१ प्रतिशतका (कर सहित) दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षण नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बैंकले मंसिर ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्