काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६.५० र नगद १.५० प्रतिशत रहेको छ ।
बैकले चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँको ६.५० प्रतिशतले हुन आउने ८२ करोड ६० लाख ६५ हजार बराबरको बोनस सेयर र १.५० प्रतिशतले हुन आउने रकम १९ करोड ६ लाख ३० हजार रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्