Skip to content
Shikhar Insurance
National Life

नेपाल टेलिकमले ३ ममहिनामै कमायो २ अर्ब २२ करोड रुपैयाँ, अन्य सुचांक कस्तो?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.५२ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थिए ।

गत आवको पहिलो त्रैमासमा कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधिमा ७.१४ प्रतिशतले घटेर ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रहेको छ ।

कम्पनीको संचालन आम्दानी घटे पनि कुल आम्दानी भने बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको कुल आय १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा चालु आवको सोही अवधिमा कुल आय ०.८० प्रतिशतले वृद्धि भई ११ अर्ब ४ करोड ९० हजार पुगेको छ ।

कम्पनीका अनुसार डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब ११ करोड ४० लाख वृद्धि भएको छ । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानीमा करिब ७९ करोडले वृद्धि भएको छ । विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब ७ करोड फरेन एक्सचेन्ज गेन भएको छ । कर्मचारीहरुको तलब सुविधामा वृद्धि भएको कारणले कर्मचारी खर्च वृद्धि हुन गएको छ ।

दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा प्रभाव पर्न गएको साथै कोभिड लगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले प्रभाव पारेको कम्पनीले जनाएको छ।

चालु आवको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ४६ पैसा, प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्