Shikhar Insurance
National Life

माउन्टेन इनर्जी नेपालले १०.५२ प्रतिशत लाभांश दिँदै, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १२:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । माउन्टेन इनर्जी नेपालले पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिको ९५ औ बैंठकले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत (करसहित) कम्पनीको लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो पुस ८ गते साभारणसभा बोलाएकोे छ । कम्पनीले प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ । सभामा करसहित कम्पनीले कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश पारित गर्दैछ ।

सोहिअनुसार मंसिर २६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्