Shikhar Insurance
National Life

 नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्ता ११ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषण गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने घोषण गरेको हो ।

बैंकको कात्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको कुल ११ प्रतिशत लाभांश मध्ये चुक्ता पुँजीकाे ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश रहेको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्