Shikhar Insurance
National Life

मंसिरमा विकास बैंक र वित्त कम्पनीले निक्षेपको ब्याजदर ०.२०%सम्मले घटाउँदै, कर्जाकाे पनि घट्ने

व्यक्तिगत मुद्धती र संस्थागतमा कति पुग्ला?
सिंहदरबार संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १८:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाउँने भएका छन् । विकास बैंक र फाइनान्स कम्पनी बैंकर्स एसोसिएशनले मंसिर महिनामा लागू हुने निक्षेपको ब्याजदर घटाउँने सहमति गरेका हुन् ।

वाणिज्य  बैंकहरुले कात्तिक महिनामै लागू ब्याजदरलाई यथापत राख्ने सहमति गरिसकेका छन् । तर, विकास बैंकहरु र फाइनान्स कम्पनीहरुले भने असोज महिनादेखि यथावत राखेको मुद्धती निक्षेपको ब्याजदर ०१५ प्रतिशतदेखि ०.० प्रतिशतसम्मले घटाउने निर्णय गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमा राष्ट्रियस्तरका विकास बैंकहरुले कात्तिक महिनामा लागू निक्षेपको ब्याजदरमा मंसिर महिनादेखि ०.१५ प्रतिशतले घटाउने निर्णय गरेको मुक्तिनाथ विकास बैंकका सीइओ समेत रहेका डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष प्रधुम्न पोखरेलले जानकारी दिए । उनका अनुसार मंसिर महिानादेखि राष्ट्रियस्तका विकास बैंकहरुले व्यक्तिगत मुद्धती निक्षेपमा १२.८५ प्रतिशत र संस्थागत मुद्धती निक्षेपमा १०.८५ प्रतिशत ब्याजदर लागु गर्नेछन् । काक्तिम महिनामा राष्ट्रियस्तरका विकास बैंकहरुले

व्यक्तिगत मुद्धतमिा १३ प्रतिशत र संस्थागतमा ११ प्रतिशत ब्याजदर दिइरहेका थिए । क्षेत्रियस्तरका विकास बैंकहरुले समेत हाल लागू निक्षेपको ब्याजदरमा ०.१५ प्रतिशतले नै घटाएर मंसिर महिनाको ब्याजदर निर्धारण गर्ने सहमति भएको उनले बताए ।

‘विकास बैंकहरुले मंसिर महिनामा ०.१५ प्रतिशतले निक्षेपको ब्याजदर घटाउने सहमति गरेका छौं, हाल कर्जा निक्षेप अनुपात (सीडी रेसियो सहज अवस्थामा भएको कारणले निक्षेपको ब्याजदर घटाएका हौं ।’– संघका अध्यक्ष पोखरेलले सिंहदरबारसँग भने । हाल विकास बैंकहरुको औषत सीडी रेसियो ८६ प्रतिशत कायम छ । निक्षेपको ब्याजदर घटेसँगै ब्याज खर्च गर्ने हुँदा कर्जाको ब्याजदर समेत घट्ने अनुमान उनको छ ।

यस्तै, फाइनान्स कम्पनीहरुले पनि मंसिर महिनामा लागू हुने ब्याजदर ०.२० प्रतिशतसम्मले घटाएको गुडविल फाइनान्सका सीइओ समेत रहेका वित्त कम्पनी बैंकर्स संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।
‘कात्तिक महिनामा लागू निक्षेपको ब्याजदरमा मंसिरमा ३ महिने व्यक्तिगत मुद्धती ०.२० प्रतिशतले र १ वर्षे मुद्धतीमा ०.१५ प्रतिशतले घटाएका छौं ।’–संघका अध्यक्ष सिंहदरबारसँग भने । फायनान्स कम्पनीहरुको औषत सीडी रेसियो सहज अवस्थामा भएको कारण निक्षेपको ब्याजदर घटाइउको उनको भनाइ छ ।

मंसिर महिनामा फाइनान्स कम्पनीहरुले ३ महिनाको मुद्धती निक्षेपमा १३ प्रतिशत र १ वर्षे मुद्धतीमा १३.३० प्रतिशत ब्याजदर निर्धारण गर्ने उनले बताए । कात्तिक महिनामा फाइनान्स कम्पनीहरुले ३ महिनाको मुद्धती निक्षेपमा १३.२० प्रतिशत र १ वर्षे मुद्धतीमा १३.४५ प्रतिशत ब्याजदर दिइरहेका छन् ।

वाणिज्य बैंकहरुले कात्तिक महिनामा लागू ब्याजदरलाई नै मंसिरमा निरन्तरता दिने सहमति गरेका हुन् । जस अनुसार मंसिर महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धतीमा १२.१३३ प्रतिशत र संस्थागतमा १०.१३३ प्रतिशत ब्याजदर दिनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्