Skip to content
Shikhar Insurance
National Life

माओवादी र काँग्रेसका दर्जन बढी कार्यकर्ता समाजवादीमा प्रवेश, उत्साहित बन्दै श्रेष्ठ

Hyundai
NCELL
NIMB

रौतहट। रौतटह जिल्ला क्षेत्र नम्बर ४ (क) मा नेकपा (एकीकृत समाजवादी)को लहर आएको छ । क्षेत्र भित्र पर्ने चन्द्रपुर नगरपालिकाको १० वटा वडा र बृन्द्रावन नगरपालिकाको ३ वटा वडामा अरु पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गर्नेको संख्या थपिंदै गएको छ ।

यसैक्रममा बुधबार मात्रै चन्द्रपुर १ का नेपाली काँग्रेस र माओवादीका दर्जनौं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एकीकृत समाजवादीकी केन्द्रीय नेतृ कल्याणी खड्का, चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहाल, युवा नेता कृष्ण खड्का र युवा नेता पूर्व वडाध्यक्ष विरु रखालले अन्य पार्टी परित्याग गरेकाहरुले समाजवादीमा स्वागत गरेका हुन् ।

यसरी पार्टीमा आकर्षण बढ्दै जाँदा कलम छापका प्रदेश सभा सदस्यका उम्मेदवार बालकृष्ण श्रेष्ठको जीत सुनिश्चित बन्दै आएको आंकलन गरिएको छ । यसरी पार्टी प्रवेश गर्नेहरुमा शम्भु खड्का, राजेन्द्र सहनी, विपन सहनी, विजय सहनी, प्रेम लामा, सुजन लामा, रञ्जित श्रेष्ठ, सुमन मैनाली, विवेक मैनाली, विकल लामा, सुरज मगर, दिलिप राई, अनिस थापा, मनु अधिकारी, राजकुमार लामिछाने, कान्छा लामा, हरे साह, किसनन्दन सहनी, प्रेम राना, हरि विक र डम्बर बस्नेत रहेका छन् ।

त्यसैगरी डाँडाटोलबाट राजकुमार गुरुङ, मंगल लोप्चन, रामकृष्ण मगर, अमर बोगटी, पाल्साङ लामा, सरोज पाटा, सञ्जय पाटा र मिलन तिवारी एकीकृत समाजवादीमा प्रवेश गरेको स्थानीय युवा नेता समिरबाबु कार्कीले जनाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्