Skip to content
Shikhar Insurance
National Life

जाल्पा लघुवित्तको बम्पर लाभांश अबैध, फिर्ता गराएर कारवाही गर्दै राष्ट्र बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त कम्पनीले नियम विपरीत लाभांश घोषणा गरेको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा नगरी संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय सस्थाहरुले वार्षिक साधारणसभा गर्नको लागि सो आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले सो वित्तीय विवरणमा प्रारम्भिक स्वीकृत दिएपछि मात्रै संस्थाको संचालक समितिले लाभांश घोषणा गर्न पाउने व्यवस्था छ। तर जाल्पाले भने राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृती नलिई कात्तिक २० गते ७६.८४२१ प्रतिशत लाभांश घोषणा गरेको थियो । जाल्पाले ७३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो भने कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश दिने भनेको थियो ।

सो लाभांश नियम विपरीत घोषणा गरेको भन्दै राष्ट्र बैंकले फिर्ता लिन निर्देशन दिएको हो । ‘हामीले जाल्पालाई बोलाएर भनिसकेका छौं, राष्ट्र बैंकसँग पूर्व स्वीकृति नलिई त्यसरी लाभांश बाढ्न पाइँदैन, उनीहरुले कुरै बुझेनछन् ।’ नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरभिजन विभागका कार्यकारी निर्देशक सुमन अधिकारीले सिंहदरबारसँग भने ।

कार्यकारी निर्देशक अधिकारीका अनुसार जाल्पा लघुवित्तको प्रस्तावित लाभांश घट्न सक्ने देखिन्छ । ‘कम्पनीले हाम्रो अनुमति नलिई सिधै लाभांश प्रस्ताव गरेको देखियो, अब त्यो प्रस्ताव फिर्ता लिएर, पुरै प्रक्रिया पुरा गरेपछि नयाँ लाभांश दर प्रस्ताव गर्नुपर्छ’, कार्यकारी निर्देशक अधिकारीले भने ।

कम्पनीको चुक्ता पुँजी अहिले १६ करोड रुपैयाँ छ। प्रस्तावित ७३ प्रतिशत बोनस सेयर वितरणपछि कमपनीको चुक्ता पुँजी २७ करोड ६८ लाख रुपैयाँ पुग्ने थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE