Skip to content
Shikhar Insurance
National Life

२ वर्षयता रोक्का रहेको ३७ कम्पनीको सेयर कारोबार तत्कालै खुला हुँदै, कुन कुन कम्पनी परे?

Hyundai
NCELL
NIMB

काठमाडौं । मर्जर तथा प्राप्ती गर्छु भन्दै लामो समयसम्म प्रक्रिया सम्पन्न नगर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृति ३७ वटा कम्पनीको सेयर कारोबार २ बर्षदेखि रोक्का छ । सूचीकृत कम्पनीहरुले मर्जर तथा प्राप्तीमा जाने प्रारम्भिक सम्झौता गरेपछि एकिकृत कारोबार सम्पन्न नसहुँदासम्म नेप्सेले ती संस्थाहरुको सेयर कारोबार रोक्का गर्ने गरेको छ ।

तर, बिहिबार नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्बन्धिी निर्देशिका, २०७९’ जारी गर्दै मर्जर सम्झौतापछि नै सेयर कारोबार रोक्का हुने प्रावधान खारेज गरिसकेकाे छ । जारी निर्देशिकाले यसरी मर्जर तथा प्राप्तीमा जाने सुचिकृत संस्थाको सेयर कारोबार एकिकृत कारोबार हुने समयमा मात्रै बढीमा १५ दिन रोक्का गर्ने व्यवस्था गरेको हो ।

साथै, यस अघि नै मर्जरका कारण सेयर कारोबार रोक्का भएका कम्पनीहरुको सेयर कारोबार तत्काल सुचारु गर्नु पर्ने व्यवस्था समेत सो निर्देशिकाले गरेको छ । जसअनुसार नेप्सेमा प्रक्रिया पूरा गरेर आउने कम्पनीहरुको आधारभुत सेयरधनी बाहेक अरुको तत्काल खुला गराउने नेप्सेका कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बताए ।

‘जारी निर्देशिका हिजाबाटै लागू भइसक्यो, कम्पनीहरु प्रक्रिया पुरा गरेर आउँछन् भने हामी तत्कालै कारोबार खुला गराउँछौं,’ नेप्सेका सीइओ कार्कीले सिंहदबारसँग भने, ‘सम्बन्धित कम्पनीले आधारभुत सेयरधनीको नामावालीसँगै डिम्याट खाता नम्बर पनि पठाएपछि हामीले सिडिएसी एण्ड क्लियरिङसमा पठाउँछौं र त्यताबाट क्लियर भएर आएपछि नेप्सेले खाता फुकुवा गर्छ ।’

कम्पनी ऐन अनुसारको दफा ५० मा आधारभुत भनेर १ प्रतिशत वा सो भन्दा बढी सेयरलाई भनिने उल्लेख छ । सोही अनुसार मर्जर तथा प्राप्तीको कारणले सेयर रोक्का भउका ३७ वटा कम्पनहिरुले १ प्रतिशत वा सो भन्दा माथिको सेयरधनीको सुची नेप्से र सिडियस एण्ड क्लियरिङमा पठाएर अन्य सेयरधनीको भोली देखि नै खुला गराउन सक्ने उनको भनाइ छ ।

मर्जरकै कारणले हाल ८ वटा वाणिज्य बैंक, ८ वटा जीवन र ८ वटा निर्जिवन गरी १६ वटा बीमा कम्पनी, १० वटा फाइनान्स कम्पनी, २ वटा हाइड्रो पावर कम्पनी र १ वटा फाइनान्स कम्पनीको सेयर कारोबार रोक्का छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE