Skip to content
Shikhar Insurance
National Life

३९.१५ अंकले घटेको बुधबारको बजारमा यी १० कम्पनीका लगानीकर्ताले भरपुर कमाए

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१४ अंकले घटेको छ । बुधबार नेप्से परिसुचक ३९.१५ अंकले घटेर १९१७.२२ को विन्दुमा बन्द भएको हो ।

उक्त दिन नेप्सेमा कुल २२३ कम्पनीका ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर २४ हजार ३८८ पटक खरिदबिक्री हुँदा १ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुधबार नेष्डो समृद्धि लघुवित्तको सबैभन्दा बढी ६ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ८१५ पटक सेयर खरिदबिक्री भएको थियो । साथै, सो दिन अप्पर हेवा खोलाका लगानीकर्ताले सबबैभन्दा बढी कमाउँदा एक्सेल डेभलपमेन्ट बैंकको लगानीकर्ताले सबैभन्दा बढी गुमाएका थिए ।

बुधबार नेप्से दोहोरो अंकले घट्दा पनि अप्पर हेवा खोला हाइड्रोपावरको ७.४२ प्रतिशत, नबिल ब्यालेन्स फण्ड–३ को ४.३९ प्रतिशत, ९.५ प्रतिशत एनसीसी डिबेञ्चरको ३.३९ प्रतिशत, मेगा म्युच्युल फण्ड–१ को २.२२ प्रतिशत, एनआइएसीया ब्यालेन्स फण्डको १.९७ प्रतिशत, नबिल ब्यालेन्स फण्ड–२ को १.९१ प्रतिशत, सिद्धार्थ इक्युटी फण्डको १.८७ प्रतिशत, वीन नेपाल लघुवित्तको १.७४ प्रतिशत र माउटेन इनर्जी नेपालको १.३३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्