Skip to content
Shikhar Insurance
National Life

सुस्ता-प्रतापपुरका जनताले जग्गा धितो राखेर ऋण नपाउने अवस्था छ, २५ वर्षसम्म कसले के गर्यो ?

Hyundai
NCELL
NIMB

नवलपरासी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले जनताले ठुला कुराहरूको अपेक्षा नगरेको बताएका छन । ‘गरिखाने सामान्य नागरिकको माग भरपर्दो स्वास्थ्य, शिक्षा र नैसर्गिक अधिकारको प्रत्याभूती हुने वातावरणको सुनिश्चितता मात्रै हो’, उनले भने, ‘तर उनीहरुका सपना माथी सधैं खेलबाड गरियो । २७ दिन म यो क्षेत्रमा डुलेँ, नागरिकका सामान्य भन्दा सामान्य आवश्यकता समेत पूरा नभएको देख्दा मलाई पीडा लाग्यो, जुन नागरिकको नैसर्गिक अधिकार भित्र र्पर्छन’, चौधरीले भने।

प्रतिष्पर्धी हृदयेश त्रिपाठीतर्फ लक्षित गर्दै चौधरीले भने–‘हरेक चुनावमा रङ बदलिएर यता उति गरेर चुनाव जितिरहने तर मतदाताको भावनामाथी कुठाराघात गरेर सधैं यो क्षेत्रलाई उपेक्षामा राखिराख्ने यो कस्तो प्रवृत्ति हो ? यहाका स्वास्थ्य संस्था, शैक्षिक अवस्था, ग्रामिण बस्तिका बाटाघाटाको अवस्था र उनीहरुकोको जिवनस्तर हेर्दा राज्यको उपस्थिति नै नभएको होकि जस्तो महसुस भएको चौधरीले बताए । ‘यो कसका कारणले भएको हो ?’ उनले प्रश्न गरे । एकै पटकमा आमूल परिवर्तन ल्याउन नसकिएला तर २५ औ बर्षसम्म शून्य उपलब्धि हुँदा फेरि पनि उनीहरुलाई नै पत्याईदिनु पर्ने कारण के ? भन्दै चौधरीले आक्रोश व्यक्त गरे ।

विपक्षी प्रतिष्पर्धी दलहरुले लगाएको आरोपलाई खण्डन गर्दै चौधरीले भने–‘मलाई लगाएका आरोप पराजित मानसिकताको उपज बाहेक केही होइन । मैले विश्वमाझ नेपाललाई चिनाएको छु म तपाईहरुको प्रतिनिधि पात्र हुँ, त्यसैले कसैले राजनीतिक भाषा प्रयोग गरेर मेरो विरुद्धमा २।४ मिनेट भाषण गर्दैमा मेरो हाईट घट्दैन, म बिचलित हुन्न ।’

सुस्ता, प्रतापपुरका जनताले आफ्नो जग्गा धितो राखेर ऋण नपाउने अवस्था छ, यति सम्मको चरम पिडामा यहाँका नागरिक रहदा बर्षौंसम्म उनिहरुको पिडामा मल्हम लाउन नसक्ने नेतृत्वको नैतिकतामाथिनै प्रश्न उठेको चौधरीले बताए । नेपाली काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट ९ ले भुताहामा गरेको कार्यक्रममा बोल्दै चौधरीले यो क्षेत्रमा अब काङ्ग्रेसको बिरासत कसैले ढाल्न नसक्ने दावी गरे।

GBIME

प्रतिक्रिया दिनुहोस्