Skip to content
Shikhar Insurance
National Life

यात्रुसँग बढी भाँडा असुल्ने सवारीसाधान कारबाहीमा, एउटा गाडीबाट ४ हजार रुपैयाँ बढी भाडा फिर्ता

Hyundai
NCELL
NIMB

तनहुँ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाँडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधानलाई रोकेर कारबाही गरेको हो ।

दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाँडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिए।

पोखराबाट विभिन्न स्थानका लागि छुटेका सवारीसाधानलाई रोकी कति भाँडा लिएको छ भनी यात्रुसँग सोध्दा बढी भाँडा लिएको बताएपछि तोकिएको भाँडाभन्दा बढी रकम फिर्ता गर्न लगाइएको उनले बताए ।

उनकाअनुसार २ सयदेखि ४ हजार दुई सय तीस रुपैयाँसम्म एउटा गाडीबाट रकम फिर्ता गराइएको उनले जानकारी दिए । यात्रुसँग बढी भाँडा लिने सवारीसाधनलाई १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।

यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम बढी भाँडा लिने सवारीसाधानलाई कारबाही स्वरुप जरिवाना गरिनेछ । उनले भने, “अहिले चौविस घण्टे पुर्जी दिएर यात्रुलाई गन्तव्यस्थलसम्म पु¥याउन पठाएको छौँ, कार्यालयमा आएर उनीहरूले जरिवाना बुझाउनुपर्छ ।”

यात्रुसँग बढी भाँडा लिएर गाडी चलाएको व्यापक जनगुनासा आएपछि घट्नास्थलमा प्रहरी खटाएर सवारीसाधान चेकजाँच कार्य थालिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । चाडपर्वको समयमा यात्रु नठगिउन् तथा दुःख नपाउन् भनेर जिल्लाको मुख्य बजार क्षेत्रमा यात्रु सहायताकक्ष स्थापना गरेको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्