Shikhar Insurance
National Life

धरानमा सयपत्री फूलको कारोबार उच्च

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ९, बुधबार १५:२९
Hyundai
NCELL
NIMB

सुनसरी । तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ । सोमबार, मङ्गलबार र आज कृिष उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ ।

यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पूज्ने गरिन्छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ्ख्यामा बिक्री भएको छ । लक्ष्मी पूजाको दिन मात्र एक करोडको कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पन्ध्र दिन अघि नै भारतको कोलकत्ताबाट रु दुई लाख तयारी माला ल्याइएका थिए । नेपाली फूलका करिब दुई लाख नै माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । भारतीय डेढ लाख माला रु ५० को दरले बिक्री भएको छ भने नेपाली फूलको माला औसत एक सय रुपैया परेको उनले जानकारी दिए। भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईले बताए ।

“यसपाली स्थानीय उत्पादन कम भयो त्यही भएर भारतीय फूलको कारोबार बढ्न गयो । तर गत वर्षको तुलनामा मूल्य वृद्धिसँगै कारोबार पनि बढेको छ ।” व्यवस्थापक भट्टराईले भने । उनकाका अनुसार गतवर्ष एक करोड १५ लाखको फूलको कारोबार भएको थियो । भारतीय फूल न्यून आएको थियो । तर यस पटक फूलको कारोबार पनि बढेको छ ।

भारतबाट पनि धेरै फूल भित्रिएको उनले बताए । आज साँझसम्म बजारमा फूलको कारोबार हँुदा बिक्री सङ्ख्या अझै बढ्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्