काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी(जिआईसी)ले एकिकृत कारोबार थालेका छन् । मर्जरपछि सानिमा जिआईसीका नामबाट दुबै कम्पनीले एकिकृेत कारोबार आरम्भ गरेका हुन् ।
एकिकृत कम्पनीले लक्ष्मी पुजाको शुभ साइतमा कारोबार थालेको हो ।
बीमा समितिका अध्यक्ष सुर्य सिलवालले एकिकृत कारोबारको आरम्भ गरेका हुन् । एक बराबर एकको स्वाप रेसियोमा गाभिएका दुई कम्पनीले असोज ११ गतेको साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पास गरेका थिए । बीमा समितिले मर्जरका लागि असोज १४ गते अन्तिम स्वीकृत दिएको थियो ।
अब सानिमा जिआईसीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । जगेडा कोषमा ३६ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित रहेको छ।
प्रतिक्रिया दिनुहोस्