काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै सम्पन्न भएको छ । शनिबार सम्पन्न २० औं महाधिवेशनले सर्वोच्च नेता सीलाई सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेको हो ।
१६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले २०५ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गरेको छ । महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्