काठमाडौं । सिटिजन्स बैंकको १६औं वार्षिक साधारण सभाले सम्पन्न भएको छ । काक्तिक ४ गते शुक्रबार सम्पन्न साधारण सभाले यसअघि नै बैंकद्वारा घोषित ९ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्तापुँजीको ९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरी राष्ट्र बैंकबाट स्वीकृत गराएको थियो ।
हाल बैंकको पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ कायम छ । जसको ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । वाणिज्य बैंकहरुका सिटिजन्स बैंक आव२०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक हो ।
प्रतिक्रिया दिनुहोस्