Shikhar Insurance
National Life

साढे ३ प्रतिशतले बढ्यो कर्जाको ब्याजदर, औषतमै १२ प्रतिशत बढी

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ४, शुक्रबार १३:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुबाट ऋण लिने ग्राहकलाई ब्याजको भार करिब साढे ३ प्रतिशतले थप भएको छ । गत आर्थिक वर्षको भदौ महिनामा वाणिज्य बैंकबाट कर्जा लिने ऋणीलाई ब्याजको भार चालु आवको भदौ महिनासम्ममा ३.४९ प्रतिशतले थप भएको हो ।

गत आवको भदौमा वाणिज्य बैंकहरुमा कर्जाको औषत ब्याजदर ८.५७ प्रतिशत थियो । जुन चालु आवको भदौ महिनामा आइपुग्दा १२.०६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) वृद्धि हुँदा ऋणीलाई औषत कर्जाको ब्याजदर नै दोहोरो अंकमा पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आर्थिक वर्षको भदौ महिनामा वाणिज्य बैंकहरुको औषत बेसरेट ६.८९ प्रतिशत कायम थियो । जुन चालु आवको भदौ महिनामा आइपुग्दा १०.०१ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सो अवधिमा औषत बेसरेट नै ३.१२ प्रतिशतले वृद्धि भएको हो ।

बैंकहरुले निश्चित तथा र परिवर्तित दुबै ब्याजदरमा कर्जा प्रवाह गर्छन् । परिवर्तित ब्याजदरमा कर्जा लिने ऋणीलाई बेसरेट बढ्दा ब्याजदरको भार समेत थप हुन्छ । यस्तो बेसरेट बैंकहरुले प्रत्येक त्रैमासमा परिवर्तन गर्छन् । परिवर्तित ब्याजदरमा गत वर्षको भदौ अगावै कर्जा लिएका ऋणीलाई बेसरेट बढ्दा नै चालु आवको भदौ मसान्तसम्म आइपुग्दा ब्याजको भार थप भएको हो ।

गत आवको फागुन महिनादेखि निक्षेपको ब्याजदर चालु आवको भदौ महिनासम्म स्थिर थियो । सो अधिसम्म बैंकहरुले निक्षेपकर्ता आकर्षित गर्ने महिनै पिच्छे ब्याजदर बढाएका थिए । जसले गर्दा खर्च बढ्दा कर्जाको ब्याजदर समेत बढेको हो । बैंकहरुले बेसरेट मै केही प्रतिशत प्रमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । बेसरेट त्रैमासिक रुपमा परिवर्तन गर्न पाउने व्यवस्था भएपनि एक पटक तय भएको प्रिमियम भने थपघट गर्न मिल्दैन ।

समीक्षा अवधिमा निक्षेपको औषत ब्याजदर समेत २.८९ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको भदौ महिनामा वाणिज्य बैंकहरुमा निक्षेपको औषत ब्याजदर ४.९२ प्रतिशत कायम थियो भने चालु आवको सोही अवधिमा ७.८१ प्रतिशत कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यसैगरी, सो अवधिमा ९१–दिने ट्रेजरी बिलको औषत ब्याजदर ५.११ प्रतिशतले वृद्धि भएको छ । २०७८ भदौमा ९१–दिने ट्रेजरी बीलको भारित औषत ब्याजदर ३.९८ प्रतिशत रहेकोमा २०७९ भदौमा ९.०९ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औषत ब्याजदर २०७८ भदौमा ४.७५ प्रतिशत रहेकोमा २०७९ भदौमा ८.०२ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्