Shikhar Insurance
National Life

बाराही हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ४, शुक्रबार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले आज (कात्तिक ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले कुल २ लाख ५० हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ल गरेको हो । कम्पनीले निष्काशन गरेको उक्त सेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ४ गतेसम्म लम्बिनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्