Shikhar Insurance
National Life

नबिल इन्भेष्टमेन्टको ७ करोड इकाई म्युचुअल फण्ड निष्काशन

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ४, शुक्रबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले समूहिक लगानी कोष(म्युचुअल फण्ड) निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्न लगेको हो । खुलामुखी योजनाको कुनै निश्चित अवधि हुदैन ।

कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्न लागेको हो । नबिल फ्लेक्सी क्याप फण्डले कुल ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई निष्काशन गर्न लागेको हो । जसमध्ये, सर्वसाधारणले लागि ६ करोड ३५ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । बाँकी रहेको इकाई कोष प्रबद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्टलाई छुट्याईएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वसाधारणलाई छुट्याइएको ६ करोड ३५ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागिएको हो ।

यस फण्डमा लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम ७५ लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा कात्र्तिक २७ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा मंसिर ७ गते सम्म आवेदन दिन सक्नेछन् ।

सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको कुल ७ करोड इकाई निष्काशन गर्नेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्