काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले डिएलबीएस कारोबार संकेत प्रदान गरेको छ । सोहि कारोबार संकेतमा कम्पनीको सेयर कारोबार हुनेछ ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ३१ हजार कित्ता सेयर र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता सेयर गरी कुल १० लाख ३१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १४८ रुपैयाँ ६६ पैसा देखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस रेन्जमा कम्पनीको सेयर आइतबार दोस्रो बजारमा पहिलो कारोबार खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस्