Skip to content
Shikhar Insurance
National Life

प्राइम लाइफका लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर

Hyundai
NCELL
NIMB

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषण गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको हो । कात्तिक (२ गते) बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरका बोनस सेयर र कर प्रयोजनार्थ ०.६८ प्रतिशत अर्थात १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्