Skip to content
Shikhar Insurance
National Life

सहकारीबाट ऋण मिलाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरीले सहकारीबाट ऋण मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण मिलाइदिन्छु भनी रु तीन लाख १२ हजार ठगी गर्ने ललितपुरका ५६ वर्षीय मणिकुमार थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ थापाले आफू उक्त सहकारीको सञ्चालक भएको भन्दै ३० लाख रुपैयाँ ऋण मिलाइदिन्छु भनी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ । थापालाई प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको सो कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्