काठमाडौं । राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा विश्वनाथ पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका चितवन क्षेत्र नम्बर १ का राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।
उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन्। बुर्लाकोटिकाे उम्मेदवारी निष्क्रिय भएसङै डा पौडेललाई चुनावी प्रतिस्पर्धा सहज भएको छ । पौडेलले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसङ प्रतिस्पर्धा गर्दैछन् । दुबैले आफुलाई भावी अर्थमन्त्रीका रुपमा प्रचार गरिरहेका छन् । पौडेलले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन । पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टी जिम्मेवारी तथा राजकिय मामिलामा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरेपछी बुर्लाकोटिले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन । प्रधानमन्त्री देउवाको उपस्थितिमा उनले उम्मेदवारी निष्क्रिय बनाएर डा पौडेललाई जिताउने भन्दै विज्ञप्ति निकालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्