इलाम । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा एनआईबिएल एस क्यापिटलले नेपाल धितोपत्र बोर्ड तथा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग प्रालिको सहकार्यमा इलाममा पुँजी बजार सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माको पनि उपस्थिति थियो । “धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम“ नामको कार्यक्रममा सैयौं लगानीकर्ताहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपालको धितोपत्र बजारका विभिन्न जानकारी मूलक सामाग्रीहरु प्रस्तुत गरीएको थियो । सो क्रममा नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट सहायक निर्देशक हरी प्रसाद भुसाल र एनआईबिएल एस क्यापिटलको तर्फबाट म्युचुअल फण्ड विभाग प्रमुख पोस्कर बस्नेतले प्रशिक्षण दिएका थिए । साथै स्थानिय लगानीकर्ताहरुका धितोपत्र बजार सम्बन्धी विभिन्न जिज्ञासाहरुको सम्बोधन र विभिन्न आयामहरुको बारेमा समेत छलफल भएको थियो । यसै कार्यक्रममा धितोपत्र बजारको ब्रोकिङ्ग सेवा तथा यस सम्बन्धीत अन्य जिज्ञासाहरुको बारेमा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कं. का प्रबन्ध निर्देशक परमेश्वर भक्त मल्लले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्