Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकको ‘थ्रि इन वान’ खातामा सी–आस्बा तथा मेरो सेयर सुविधा थप

Hyundai
NCELL
NIMB

काठमाडौं ।  सानिमा बैंकले ग्राहकहरुलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न ‘थ्रि इन वान’  खाताको प्रणाली परिष्कृत गरेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ‘थ्रि इन वान’ खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी आस्बा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन्। साथै, ‘थ्रि इन वान’ पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

साे खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। खाता भइसकेका ग्राहकले समेत यसबाट सीआस्बा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन्।  सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइनमार्फत दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्