काठमाडौं । साताको दोस्रो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार प्रिओपन सेसनमा परिसूचक ०.६१ अंकले बढेको हो ।
प्रिओपन सेसनमा ११ कम्पनीको २ सय ५७ कित्ता सेयर ९९ हजार रुपैयाँमा खरिदबिक्री भए । सो सेसनमा कारोबारमा आएको ७ कम्पनीको सेयर मूल्य बढेको छ । २ कम्पनीको घटेको छ । भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबार रकमको आधारमा अभियान लघुवित्तको सर्वाधिक कारोबार भएको छ । लघुवित्तको २९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
सिन्धु विकास बैंक र नेपाल हाइड्रो कम्पनीको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ । भने, प्राइम कमर्सियल बैंक र रु रु जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १.९९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्