Shikhar Insurance
National Life

बीमा ऐन राजपत्रमा प्रकाशित, २३ दिनपछि प्राधिकरणमा रुपान्तरण हुने, अधिकार क्षेत्र बढ्यो

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३०, आईतवार १८:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि बीमा ऐन राजपत्रमा प्रकाशित भएको हो ।

बीमा ऐन कात्तिक २२ गतेबाट कार्यान्वयनमा आउनेछ । सोही मितिबाट बीमा समिति रुपान्तरण भएर बीमा प्राधिकरण बन्नेछ । बीमा प्राधिकरणको अधिकार क्षेत्र वृद्धि भएको छ भने नियमनको दायरा पनि बढेको छ । प्राधिकरणले प्रदेशहरुमा कार्यालय स्थापना गर्न सक्नेछ । अब बीमा कलेज स्थापनादेखि बीमा सूचना केन्द्रसम्म खुल्नेछ । अभिकर्ताहरुले एउटा कम्पनीको मात्रै लाइसेन्स लिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्