काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ५४ करोड ८८ लाख मूल्य बराबरको आईपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशनको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ ।
शैलेन्द्र गुरागाई अध्यक्ष रहेको कम्पनीले इलाममा ९.९९ मेगावाटको सुपर माई हाइड्रोपार निर्माण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्