काठमाडाचैं । एनसीसी बैंकले आफ्ना लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने भएको छ । असोज २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पास भएपछि एनसीसीका लगानीकर्ताले ११ प्रतिशत लाभांश पाउनेछन् ।
बैंकले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो । एनसीसीले कुमारी बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ । एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा गएपछि बैंकको नाम कुमारी रहनेछ भने सिईओ एनसीसीका रमेश अर्याल कायम हुनेछन् । कुमारीका सिईओ रामचन्द्र खनाललाई बरिष्ठ डेपुटी सिईओ बनाउने सझदारी छ । सञ्चालक समितिमा भने बराबर सहभागीता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्