काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बैंकहरुले संकटको पनि फाइदा उठाएको आरोप लगाएका छन् । एसोसियसन अफ चाटर्ड एकाउन्टेन्टस(एक्यान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष गोल्छाले बैंकहरु संकटका बेला पनि फाइदा उठाउन लागिपरेको आरोप लगाएका हुन् ।
उनले बैंकहरुको मनोमानीमा नेपाल राष्ट्र बैंक मौन बसेको पनि बताए । ब्याजदरमा क्याप लगाउँदा पनि बैंकहरुले अतिरिक्त शुल्क (प्रिमियम) मार्फत उद्यमी व्यवसायीको ढाड सेक्ने काम गरेको उनको आरोप थियो ।
उनले मौद्रिक नीति पनि अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको ल्याईएको भन्दै नेपाल राष्ट्र बैंक प्रति असन्तुष्ठि जनाए ।
उनले नेपालको औद्योगीक क्षेत्रमा हाल ५० प्रतिशतसम्म ह्रास आएको दावी पनि गरे । यद्यपी प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई) बढेको, रेमिटेन्स पनि बढेकाले केहि समयभित्रै अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान हुने अपेक्षा पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्