काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले साधारण आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आज (असोज २८ गते)देखि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानियलाई आईपीओ निष्काशन गरेको थियो । स्थानीयले नकिनेको ५० हजार ३ सय १० कित्ता थपेर उक्त आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गरेको उक्त आईपीओ लगानीकर्ताले छिटामा कात्तिक १ गतेसम्म आवेदन दिन सक्नेछन् । भने ढिलोमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको आईपीओ मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोष लागि, १३ हजार ४०६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइ बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ताका सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्