Shikhar Insurance
National Life

एनआरबी र आरबीआई गभर्नरबीच अमेरिकामा भेट, मौद्रिक नीति र अर्थतन्त्रबारे छलफल

सिंहदरबार संवाददाता
२०७९ आश्विन २७, बिहीबार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्भ बैंक(आरबीआई)का गभर्नर शक्तिकान्त दासबीच अमेरिकामा भेट भएको छ । विश्व बैंकको सम्मेलनमा भाग लिन अमेरिका पुगेका दुबै देशका गभर्नरहरुबीच अमेरिकाको वासिंगटनमा भेट भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार भेटमा दुबै देशको मौद्रिक नीति, क्षेत्रिय आर्थिक गतिबिधी, द्धिपक्षिय सहकार्य लगायतका विषयमा छलफल भएको थियो । भेटमा मौद्रिक नीति, डिजिटलाइजेशन, भुक्तानी प्रणाली, द्धिपक्षिय व्यापार, रेमिटेन्स लगायतका विषयमा गहन छलफल भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतले निकट भविष्यमै ल्याउने तयारी गरेको डिजिट मुद्राका बारेमा पनि कुराकानी भएको थियो । भारतले छिट्टै डिजिटल मुद्रा ई–रुपैयाँ ल्याउँदैछ । नेपालले पनि डिजिटल मुद्राका लागि कन्सेप्ट पेपर तयार पारेर थप अध्ययन गरिरहेको छ । केन्द्रिय बैंकहरुको नेतृत्वमा आउने डिजिटल मुद्रालाई सेन्ट्रल बैंक डिजिटल करेन्सी(सीबीडीसी) भन्ने गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्